खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौँः नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ। प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थी छनोट गरी अन्तरराष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका लागि नेपालको टोली तयार गरिनेछ।

सोसाइटीका अनुसार प्रथम चरण (प्रदेशस्तरीय) परीक्षाको नतिजाबाट छनोट भई प्रतियोगिता दोस्रो चरणमा प्रवेश गरेको हो। सात प्रदेशका मोरङ, धनुषा, काठमाडौँ, कास्की, रुपन्देही, सुर्खेत र कैलालीमा प्रतियोगिता सञ्चालन गरिएका थिए। 

कोशी प्रदेश (सिनियर) तर्फ शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुलका सिद्धान्त पराजुली प्रथम भएका छन् भने जुनियर समूहमा बाल कल्याण विद्या मन्दिरका शहवाज आलम शीर्ष स्थानमा छन्। मधेस प्रदेशमा सिनियर समूहबाट ज्ञानदा एकेडेमीका गौरव गुप्ता पहिलो र बागमती प्रदेशबाट सबैभन्दा बढी विद्यार्थी राष्ट्रिय चरणका लागि छनोट भएका छन्। 

यहाँ सिनियर समूहमा काठमाडौँ मोडल स्कुल, ललितपुरका आर्यन खड्का र जुनियर समूहमा काठमाडौँ प्रज्ञाकुञ्ज स्कुलका सम्पन्न दाहाल प्रथम भएका छन्।

यसैगरी, गण्डकी प्रदेशमा सिनियरतर्फ मदरल्यान्ड सेकेन्डरी स्कुलका शश्वत रेग्मी, लुम्बिनी प्रदेशमा बिहान न्यौपाने, कर्णाली प्रदेशमा नमुना शाह, तथा सुदूरपश्चिम प्रदेशमा प्रशुद पन्तले सिनियर समूहमा पहिलो स्थान हासिल गरेका छन्। 

सोसाइटीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रियस्तरको ओलम्पियाडको मान्यता पाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार