‘जेनजी’ जोशका विदुर वस्नेत भन्छन: मेरो प्रतिस्पर्धा कसैसँग छैन

उदयपुर । उमेर ७० वर्ष । तर जेनजी जोश । गति यस्तो तेज छ, कि युवाहरु नै विदुर बस्नेतसँग घरदैलो गर्दा लखतरान हुन्छन् । तर विदुर गल्दैनन् । हिँड्न् मात्रै होइन उस्तै जोशका साथ मतदातासँग संवाद पनि गर्छन् उनी । मानौं ‘जेनजी’ उम्मेदवार हुन् उनी ।

अनुभव, सक्रियता र आत्मविश्वासले भरिएका विदुर बस्नेत फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा उदयपुर क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका छन् ।

SHIKHAR COOL TECH

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेत यसअघि दुई कार्यकाल उदयपुर कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारी सम्हालिसकेका अनुभवी नेता हुन् । पूख्र्यौली राजनीतिमा रहेको घरानाबाट आएका उनी अहिलेसम्म निस्कलंक र विपक्षीले समेत खोट लगाउन नसक्ने व्यक्तित्वका रूपमा परिचित छन् ।

उदयपुर क्षेत्र नं. १ नेपाली कांग्रेसको गढका रूपमा चिनिन्छ । यही क्षेत्रबाट कांग्रेस नेता डा. नारायण खड्काले लगातार विजय हासिल गर्दै आएका छन् ।

यही पृष्ठभूमिमा उम्मेदवार बनेका बस्नेत यसपटक आफ्नो कसैसँग प्रतिस्पर्धा नरहेको दाबी गर्छन् । ‘चुनावमा उठ्ने त अरु पनि छन् तर मेरो प्रतिस्पर्धा कसैसँग छैन ।’ आफ्नो जितप्रति पूर्ण ढुक्क देखिने बस्नेतसँग घरदैलो अभियानमा सक्रिय छन् ।

बस्नेतका मुख्य एजेन्डामा उदयपुरका दीर्घकालीन समस्या केन्द्रमा छन् । यहाँको मुख्य समस्या बाढी र पहिरो हो, तटबन्ध निर्माणमा प्राथमिकताका साथ लाग्छु,’ बस्नेत भन्छन् । साथै उनी डा. नारायण खड्काले सुरु गराएको उदयपुर विमानस्थलको काम पूरा गर्न आफूले प्रभावकारी भूमिका खेल्ने प्रतिवद्धता जनाउँछन् । सुकुम्बासी समस्या समाधान, उदयपुरलाई कृषि र शिक्षाको हब बनाउने पहल, रोजगारी सिर्जनामा जोड दिने उनका अन्य प्रमुख एजेन्डा हुन् ।

पार्टी सन्दर्भमा उनी नेपाली कांग्रेसलाई इतिहास बोकेको पुरानो तर नेतृत्वको हिसाबले नयाँ ऊर्जा प्राप्त पार्टीका रूपमा चित्रण गर्छन् । ‘नेपाली कांग्रेसले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गरेपछि देशभर नयाँ उत्साह छाएको छ,’ बस्नेत भन्छन् ।

अनुभव, सक्रियता र आत्मविश्वासको संगम मानिने विदुर बस्नेत उदयपुर–१ मा यसपटकको निर्वाचनलाई सहज जितमा बदल्ने तयारीमा देखिन्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार