ओलीको निर्वाचनलक्षित अभियान एक साताका लागि स्थगित

विष्णुप्रसाद पोखरेल

दमक, फागुन १ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले एक साता लामो मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम गरेर काठमाडौँ फर्कनुभएको छ । पार्टीको प्रतिबद्धतापत्र बनाएर सार्वजनिक गर्ने तयारीका लागि उहाँ राजधानी फर्किनुभएको बताइएको छ ।

SHIKHAR COOL TECH

झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले निर्वाचन क्षेत्रमा पर्ने कमल, गौरादह र गौरीगन्ज पालिकाका एक सयभन्दा बढी स्थानमा मतदातासंग भेटघाट तथा अन्तर्क्रिया गर्नुभएको थियो । जहाँ प्रत्यक्ष रूपमा २५ देखि ३० हजार मतदातालाई ओलीले भेट्नुभएको थियो । ओलीले स्थानीयका गुनासा र मागलाई सुनेर त्यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै निर्वाचनमा जिताउन आग्रह गर्नुभएको निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दहालले बताउनुभयो । ओलीले गरेको यस क्षेत्रको विकास र मायालाई स्थानीयले खुलेर प्रशंसा गरेको दहालको दाबी छ ।

अध्यक्ष ओलीको प्रत्यक्ष भेटघाट र घरदैलोले पार्टीका नेता कार्यकर्तादेखि लिएर आममतदातामा नयाँ प्रकारको उत्साह देखिएको उहाँको दाबी छ । यो पटक ओलीले आफ्नो निर्वाचन क्षेत्रका बिरामी तथा हिँडडुल गर्न नसक्ने कतिपय मतदाताको घरमा नै पुगेर हौसलासमेत दिनुभएको उहाँले जानकारी दिनुभयो । अध्यक्ष ओलीले अझै यस क्षेत्रमा धेरै योजना अलपत्र रहेकाले त्यसलाई पूरा गर्नका लागि आफू लाग्ने प्रतिबद्धता जनाउनुभएको छ  । औद्योगिक पार्क, रङ्गशालालगायतका ठुला योजनाको विषयमा स्थानीय मतदाताले प्रश्न तेस्र्याएका थिए । ओलीले आफूले विगतमा गरेका वाचा र प्रतिबद्धतालाई पूर्णता दिने आश्वासन दिनुभएको छ ।

ओली यसै साता पुनः दमक आउने उहाँको सचिवालयले जनाएको छ । अहिलेलाई प्रत्यक्ष उम्मेदवारसहितको भेटघाट स्थगन भएको हो । पार्टीको तर्फबाट घरदैलो र भेटघाट कार्यक्रम जारी रहने नेकपा (एमाले) का केन्द्रीय सदस्य दीपक कार्कीले बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग नै मुख्य प्रतिस्पर्धा हुने देखेपछि अध्यक्ष ओलीले यस क्षेत्रमा आफ्नो उपस्थितिलाई बाक्लो बनाउँदै आउनुभएको छ । शाहको चुनावी अभियान यहाँ आक्रामक रूपमा चल्दै आएको छ । यस निर्वाचन क्षेत्रमा ओली कि बालेन भनेर चर्चा चलाइएको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाका रञ्जित तामाङ, श्रम सस्कृति पार्टीका समीर तामाङलगायतका उम्मेदवार घरदैलो र मतदाता फकाउने अभियानमा लागिरहनुभएको छ । ओली र बालेनको चर्चाले अन्य उम्मेदवार भने ओझेलमा पर्दै आउनुभएको छ ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार