प्रचण्ड आधार इलाका रुकुम पूर्वमा जनयुद्ध दिवस मनाउँदै

काठमाडौँ । आज ३१ औँ जनयुद्ध दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको ऐतिहासिक थलो रुकुम पूर्वमा विभिन्न कार्यक्रम आयोजना गर्दै दिवस मनाउँदै छ। जनयुद्धको सुरुआत भएको यसै क्षेत्रमा सहिद तथा बेपत्ता परिवार, घाइते र स्थानीयबासीसँगै दिवस मनाउन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार रुकुम पूर्व पुगेका छन्। 

SHIKHAR COOL TECH

वि.सं. २०५२ फागुन १ गते सुरु भएको १० वर्षे जनयुद्धका मुख्य नेता प्रचण्डले पहिलो पटक रुकुम पूर्वलाई नै दिवस मनाउने स्थलका रूपमा रोजेका हुन्। सङ्घीयतापछि बनेको कान्छो जिल्लामध्येको एक रुकुम पूर्वलाई उनले समाजवादी क्रान्तिको सुरुवात गर्ने आधार इलाका मान्दै यस पटक यहीँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी समेत दिएका छन्।

भूमे गाउँपालिका–२ स्थित खाबाङ बगरमा आयोजना हुने विशेष कार्यक्रममा प्रचण्डले रुकुम पूर्वका २५२ जना सहिदका परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्थाको सपनासहित सुरु भएको जनयुद्धका क्रममा रुकुम, रोल्पा र सिन्धुलीका विभिन्न प्रहरी चौकी तथा बैंकहरूमा भएका सुरुवाती आक्रमणको स्मरण गर्दै उनले यस क्षेत्रको ऐतिहासिक महत्त्वमाथि चर्चा गर्नेछन्। 

जनयुद्ध अगाडि बढाउन तत्कालीन माओवादीले रुकुम र रोल्पालाई नै आफ्नो मुख्य आधार इलाका बनाएको थियो जहाँ २०५३ सालदेखि नै विभिन्न ठूला सैन्य भिडन्त र एम्बुस आक्रमणहरू भएका थिए।

ऐतिहासिक घटनाक्रमका हिसाबले रुकुम पूर्व निकै चर्चामा रहेको छ। वि.सं. २०५६ मा महतमा भएको आक्रमणमा प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिई पछि माओवादी नेता देव गुरुङसँग साटफेर गरिएको थियो भने २०५७ मा रुकुमकोट प्रहरी चौकी कब्जा गर्दा ठूलो सङ्ख्यामा मानवीय क्षति भएको थियो। पार्टीको आन्तरिक राजनीतिका लागि पनि यो क्षेत्र उत्तिकै महत्त्वपूर्ण छ। 

वि.सं. २०६१ मा लाबाङ बैठकले बाबुराम भट्टराईलाई कारबाही गरेको थियो भने २०६२ को चुनबाङ बैठकले नै लोकतान्त्रिक गणतन्त्रको बाटो तय गर्दै १२ बुँदे सहमतिको आधार तयार पारेको थियो। जनयुद्ध दिवस मनाउनुअघि प्रचण्डले महत, लाबाङ र चुनबाङ जस्ता ऐतिहासिक गाउँहरूको भ्रमण गरी मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम समेत तय भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार