रवि लामिछानेले भने– आगामी निर्वाचन ‘नयाँ विकल्प’को परीक्षा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी माहोल बुझ्न स्याङ्जा आएका छन् । त्यहाँका कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन ‘नयाँ विकल्प’को परीक्षा भएको बताए ।

 ‘स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ,’ स्याङ्जा आउनुको कारण सुनाउँदै लामिछानेले भने, ‘यसपटक हामीलाई पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस् ।’

SHIKHAR COOL TECH


चुनावी अभियानअन्तर्गत जनमत बुझ्ने क्रममा लामिछानेले बिहीबार कुभिण्डेदेखि चापाकोटसम्मका १९ स्थानमा पुगेर भेटघाट गरेका छन् । उनले स्याङ्जा सदरमुकाममा आयोजित भेलालाई पनि सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले फागुन २१ को निर्वाचन अघिल्लाजस्तो परम्परागत प्रतिस्पर्धा मात्र नभई ‘नयाँ विकल्प’को परीक्षा भएको बताए ।

उनका भनाइमा, आगामी पाँच वर्ष देशको दिशानिर्देश तय गर्ने समय भएकाले सोचेर निर्णय गर्न मतदातालाई आह्वान गरे ।

स्याङ्जामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन् । रास्वपाले क्षेत्र नम्बर १ मा डा. धनञ्जय रेग्मी र क्षेत्र नम्बर २ मा झविलाल डुम्रेलाई उम्मेदवार बनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार