बझाङ । बझाङमा चुनावी सरगर्मी बढ्दो छ । अझ जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले हुन लागेको निर्वाचनमा युवाको जोस् र युवाप्रतिको दृष्टिकोण नै भिन्न छ ।
अझ सर्वाधिक रुचाइएका काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीबा भावी प्रधानमन्त्रीको दाबीसहित चुनावमा होमिएपछि रास्वपाको क्रेज झनै बढेको छ । यही कारण पनि बझाङमा रास्वपा उम्मेदवार शैलेश सिंहलाई समर्थन गर्नेहरु पनि बढेका छन् ।
यहीबेला शैलेश सिंहलाई भोट हाल्न भन्दै बझाङी युवाहरु विदेशबाट फर्किएको खबरले बझाङको चुनावी माहोललाई थप तताएको छ ।
चुनाव नजिकिँदै गर्दा बझाङमा फर्किएका युवाहरुले आफूहरु शैलेश सिंहलाई नै भोट हाल्न फर्किएको बताएपछि सिंहप्रतिको समर्थन र चर्चा दुवै बढेको छ । हाल सिंहलाई भोट हाल्न भन्दै भारत, मलेसिया, कतार लगायतका देशबाट युवाहरु गाउँ फर्किएका छन् ।
“अब त देशका लागि गर्नुपर्छ” भन्दै कतिपय युवाले सामाजिक सञ्जालबाटै सिंहको पक्षमा धारणा राखेका छन् । अर्कोतर्फ विदेशबाट गाउँ फर्किएका युवाहरूले परिवार र साथीभाइलाई पनि भोट हाल्न उत्साहित गरिरहेका छन् ।
यसपटक बझाङमा युवाहरूको भूमिका निकै महत्वपूर्ण देखिएको छ । यही कारण यसपटक बझाङमा युवाको भोटले परिस्थिति बदल्ने आंकलन गर्न थालिएको छ ।





प्रतिक्रिया दिनुहोस्