स्ववियु सभापति हुँदै सांसद बन्ने लाइनमा कमल…

कैलाली । ऐश्वर्य बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका कमल बम रजवार अहिले सांसद बन्ने दौडमा छन् । उनी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हुन् ।

विद्यार्थी राजनीतिबाट उदाएर राष्ट्रिय राजनीतिमा आफ्नो उपस्थितिलाई बलियो बनाउने तयारीमा रहेका कमल संसदको यात्रा तय गर्ने लक्ष्यसहित चुनावी मैदानमा होमिएका छन् ।

SHIKHAR COOL TECH

“भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु सरह हो” भन्ने सशक्त नारासहित चुनावी अभियानमा जुटेका रजवारले देश बचाउन र बनाउन हलोमा मतदान गर्न मतदातासँग अपिल गरेका छन् । उनले युवाको सहभागिता, सुशासन र विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।

स्थानीय स्तरमा विद्यार्थी राजनीतिबाट नेतृत्व क्षमता प्रमाणित गरिसकेका रजवारलाई युवापुस्ताको बलियो साथ छ । 

स्ववियु सभापतिदेखि संसदसम्मको यात्रामा रहेका कमल बम रजवार सफल हुन्छन् वा हुँदैनन् फागुन २१ गते नै थाहा हुन्छ । तर स्थानीय स्तरमा युवाको समर्थन र राजनीतिक रुपमा स्पष्ट छवि बनाएका कमललाई बलियो प्रतिस्पर्धीका रुपमा हेरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार