काठमाण्डाै – प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ गते नै चुनाव गराउन सम्भव रहेको बताउनुभएको छ ।
आज बिहान सोलुखुम्बुको नाम्चे र सल्लेरी पुगेर सरोकारवाला निकायसँग छलफल गरेपछि उहाँले देशभर फागुन २१ गते नै चुनाव हुने बताउनुभएको हो । हेलिकोप्टरमार्फत नाम्चे पुगेर त्यसपछि सदरमुकाम सल्लेरी पुग्नुभएकी प्रधानमन्त्री कार्कीले सरोकारवालालाई भेटेपछि सञ्चारकर्मीसँग कुरा गर्दै चुनावमा शङ्का नगर्न आग्रह गर्नुभयो ।
उहाँले कुनै पनि बहानामा चुनाव सार्ने अवस्था नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को चुनावको विकल्प छैन । हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।’
प्रधानमन्त्री कार्कीलाई सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डेले फागुन २१ गते चुनाव गराउन समस्या नहुने जानकारी गराउनुभएको थियो ।





प्रतिक्रिया दिनुहोस्