‘डडेल्धुरालाई हिल स्टेसनसंगै शिक्षा, पर्यटन र व्यापारको केन्द्र बनाउँछु’ 

धनगढी । नेपाली कांग्रेसबाट डडेल्धुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार नैनसिंह महरद्वा प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले सुदूरपश्चिमको मुटुमा रहेको पहाडको रानीको नामले परिचित डडेल्धुरालाई प्रदेशकै शिक्षा, पर्यटन र व्यापारको केन्द्र बनाउने दाबी गरेका छन् । जिल्लालाई प्रदेशकै रणनीतिक ट्रान्जीट बनाउने दाबी पनि महरको छ । 

पश्चिम सेती, पञ्चेश्वर परियोजना निर्माण, डडेल्धुरा मेडिकल कलेज पूर्ण रुपमा सञ्चालन, विद्यालय शिक्षाको सुधार, प्राविधिक तथा आवासीय विद्यालय स्थापना, विमानस्थल निर्माण्, खानेपानी समस्याको दीर्घकालीन समाधान, बजार क्षेत्रका साँधुरा सडक विस्तार, अत्तरिया–डडेल्धुरा जोड्ने भीमदत्त राजमार्ग तथा भित्री सडकको स्तरोन्नति गर्ने प्रतिबद्धता महरको छ । 

SHIKHAR COOL TECH

डडेल्धुरालाई आकर्षक हिलस्टेसनका रुपमा स्थापित गर्ने दाबी महरले गरेका छन् । महाकाली नदीमा पक्की पुल निर्माणका लागि विगतमा भएका पहललाई कार्यान्यवनमा ल्याउने महरको प्रतिबद्धतापत्रमा उल्लेख छ । 

May be an image of text
May be an image of text

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार