कैलाली । फागुन २१ गते नजिकिँदै गर्दा कैलाली-५ मा चुनावी सरगर्मी बढेको छ ।
नयाँको लहर र पूरानाप्रतिको असन्तुष्टिका कारण कैलाली-५ मा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को माहोल झनै बन्दै गएको छ । चुनावी अभियानका क्रममा पनि कैलाली-५ मा रास्वपाका उम्मेदवार डा. आनन्द बहादुर चन्दको पक्षमा राम्रै समर्थन देखिन्छ ।
यहीबीच बुधबार धनगढी उपमहानगरपालिका-१४ सि गाउँमा आयोजना गरिएको चुनावी भेलामा स्थानीयहरुले रास्वपाप्रति खुलेरै समर्थन देखाएका छन् ।
उनीहरुले यसअघि काँग्रेस र एमालेका प्रतिनिधिलाई जिताएर पठाएको तर कसैले केही नगरेको भन्दै यसपाली घण्टीमा भोट हाल्ने उद्घोष गरेका छन् ।
‘एमाले र काँग्रेसले केही गरेनन् । अब त भोट घण्टीमा हाल्ने हो’, एक स्थानीयले भने, ‘डाक्टर साबलाई जिताएर पठाउने हो ।’
यस्तै अर्की एक स्थानीयले पनि अब राम्रो मान्छेलाई छान्ने भन्दै घण्टी बजाइन् । उनले पुरानालाई धेरै हेरेको र अब एकपटक नयाँलाई पनि हेर्ने भन्दै यसपाली रास्वपालाई जिताउने बताइन् ।
‘पुरानालाई धेरै हेरियो, अब एकपटक नयाँलाई पनि हेर्ने हो’, घण्टी बजाउँदै उनले भनिन्, ‘यसपाली रास्वपालाई जिताउने हो ।’





प्रतिक्रिया दिनुहोस्