कैलाली-५ः प्यारेलाललाई रानाथारु समुदायको साथ, पाउलान् त सोचेजस्तो मत ?

कैलाली । कैलाली ५ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्यारेलाल रानाले यसपटक स्वतन्त्र (बागी) उम्मेदवारी दिएपछि चुनावी माहोल थप रोचक बनेको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै उनले ‘मुढा’ चुनाव चिन्हबाट प्रतिस्पर्धा गरिरहेका छन् ।

पूर्व संविधान सभा सदस्यसमेत रहेका राना नेपाली काँग्रेसका पुराना नेता हुन् । तर यसपटक काँग्रेसले कैलाली–५ मा नर नारायण शाह (मनु शाह) लाई टिकट दिएपछि असन्तुष्ट रानाले बागी उम्मेदवारी दर्ता गराएका हुन् । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहँदै आएका रानाको स्वतन्त्र उम्मेदवारीले स्थानीय राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको छ ।

SHIKHAR COOL TECH

राना आफैँमा रानाथारु समुदायको प्रतिनिधित्व गर्ने व्यक्ति हुन् । रानाथारु समुदायका मुद्दामा रानाले यसअघि राम्रै आवाज उठाउँदै आएका थिए ।

अर्कोतर्फ कैलाली ५ मा नेकपा एमालेबाट नारदमुनी रानाले टिकट नपाएपछि राना समुदायको प्रतिनिधित्व गर्ने पात्रका रुपमा प्यारेलाल राना अघि देखिन्छन् । यही कारण रानाथारु समुदायको मत एकतृत हुने प्यारेलाल रानाले विश्वास गरेका छन् ।

कैलाली–५ मा राना समुदायको उल्लेख्य उपस्थिति रहेकाले रानाथारु समुदायको मत नै आफ्नो जितको आधार हुने उनको भनाई छ । समुदायभित्रको सहानुभूति र समर्थनले आफूलाई बलियो बनाएको उनको दाबी छ ।

कैलाली–५ मा जातीय तथा समुदायगत मतको प्रभाव निर्णायक मानिँदै आएको छ । विशेषगरी रानाथारु समुदायको मतले चुनावी परिणाममा महत्वपूर्ण भूमिका खेल्ने आकलन गरिँदै आएको सन्दर्भमा प्यारेलाल रानाको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार