धनगढीः स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै धनगढीमा एक सय शय्याको सुविधा सम्पन्न केयरटेकर हस्पिटल औपचारिक रूपमा सञ्चालनमा आएको छ। आम नागरिकलाई गुणस्तरीय, सुलभ र भरोसायोग्य स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित स्थापना गरिएको यस अस्पतालले निजी अस्पताल महँगो र सरकारी अस्पतालमा भीड हुने समस्याको समाधान गर्ने विश्वास लिएको छ।
केयरटेकर हस्पिटल प्रालिका अध्यक्ष गोपालबहादुर शाहीका अनुसार यो अस्पताल केवल उपचार गर्ने स्थान मात्र नभई सेवा, संवेदना र समर्पणको प्रतिबिम्ब हो। ‘उपचार खर्च सरकारी अस्पताल सरह र सेवा, प्रविधि तथा व्यवस्थापन निजी अस्पतालस्तरको बनाउने हाम्रो लक्ष्य हो,’ उनले बताए।
अत्याधुनिक सेवा र संरचना
एक सय शय्याको क्षमता रहेको यस अस्पतालमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मोडुलर अपरेसन थिएटर, २४ सै घण्टा इमरजेन्सी सेवा, जनरल मेडिसिन, महिला तथा प्रसूति रोग, हाडजोर्नी, छाला तथा सौन्दर्य रोग, मुटुरोग, न्यूरोलोजी, नाक–कान–घाँटी, डेन्टल केयर, फिजियोथेरापी, ल्याब सेवा, एक्स–रे र अल्ट्रासाउन्ड सुविधा उपलब्ध छन्।
अनुभवी, दक्ष र प्रतिबद्ध चिकित्सकद्वारा उपचार सेवा प्रदान गरिने अस्पतालले निकट भविष्यमा सिटी स्क्यान, आइभिएफ डिपार्टमेन्ट, मुटु तथा क्यान्सर डिपार्टमेन्ट सञ्चालन गर्ने योजना समेत अघि सारेको छ।






प्रतिक्रिया दिनुहोस्