सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सरकारी पक्षबाट स्थगित गराइएको छ । उक्त भ्रष्टाचार मुद्दा विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकसहित ६ जनालाई केन्द्रका लागि ‘हाई कम्प्युट इन्फ्रास्ट्रक्चर’ खरिद गर्दा मिलेमतो गरी गुणस्तरहीन सामग्री आपूर्ति गरेर राज्यलाई १५ करोड ८८ लाख ५० हजार रुपैयाँ हानी पुर्‍याएको अभियोगमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

SHIKHAR COOL TECH

आयोगले पौडेलसहित तत्कालीन निर्देशक सफल श्रेष्ठ,सहायक निर्देशक रमेश पोख्रेल,कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निमबहादुर वली र वर्ल्ड डिस्ट्रिब्युसन नेपालका अध्यक्ष अरुण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । 

पौडेललगायतविरुद्ध आर्थिक वर्ष ०७६/७७ मा केन्द्रले प्रकाशन गरेको बोलपत्रमा स्पेसिफिकेसनमा उल्लेख गरिएको भन्दा कम क्षमताको प्रोसेसर जडान गरी भ्रष्टाचार गरेको आरोप छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार