फागुन १ मा राप्रपा लगायतले पूर्वराजालाई त्रिभुवन विमानस्थल परिसरमा स्वागत गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्वागत गर्ने भएका छन्।

फागुन २१ गते पूर्वराजा झापाबाट काठमाडौं आउने कार्यक्रम छ।

SHIKHAR COOL TECH

सोही अवसरमा राप्रपालगायतले पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम तय गरेका हुन्।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजालाई काठमाडौंमा स्वागत गर्ने कार्यक्रम रहेको बताए।

‘राजा सबका साझा- राजालाई स्वागत गर्न राप्रपा हुनु पर्दैन, राजसंस्थावादी पनि हुनुपर्दैन, जुनसुकै पार्टी, विचारमा आबद्ध वा स्वतन्त्र रहनुभएका देशलाई माया गर्ने सबै देशभक्तहरू फागुन १ गते त्रिभुवन विमानस्थल पुगौं,’ उनले आह्वान गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

राप्रपाले विज्ञप्ति वा सूचना जारी गरेर औपचारिक रूपमा पूर्वराजालाई स्वागत गर्ने आह्वान भने गरेको छैन। 

‘सबै देशभक्त र राष्ट्रवादीहरू राजाको स्वागतमा त्रिभुवन विमानस्थल पुगौं भनेर हामीले आह्वान गरेका छौं,’ प्रवक्ता श्रेष्ठले सेतोपाटीसँग भने, ‘विमानस्थलमा पूर्वराजालाई स्वागत गर्ने र निर्मल निवाससम्म पुर्‍याउने हो, अरू कुनै कार्यक्रम छैन।’

राप्रपा महामन्त्री धवल शम्शेर राणाले भने ‘राजभक्त र देशभक्त एक भएर सरकारको स्वागतार्थ विमानस्थल पुगौं’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।

उनले ‘सरकारलाई तेस्रो पटक राज्यारोहण गराउन एकजुट हौं’ भन्ने कुरासमेत लेखेका छन्। 

वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले ‘राजालाई फागुन १ गते काठमाडौं विमानस्थलमा भव्य स्वागत गरौं’ लेख्दै सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका छन्। 

‘देशलाई राजसंस्थाको छहारी चाहिने रहेछ भन्नेमा अब पुराना दलहरू पनि लगभग पुग्नै आँटेका छन्। यो एकदम सकारात्मक संकेत हो। तर फागुन १ गते उपत्यका वरिपरी र अझ सकिन्छ भने देशभरीका राप्रपा र अन्य राजसंस्थावादी समूहका साथीहरू सबै एकदिनका लागि काठमाडौं उपस्थित भइदिए, स्वागत ऐतिहासिक हुने थियो,’ मिश्रले लेखेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि विमानस्थलमा आउन आह्वान गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

‘देश बचाउन, धर्म जोगाउन, विदेशमा रहेका विखण्डित नेपाली परिवारलाई एकताबद्ध गर्न सम्पूर्ण देशप्रेमी, राष्ट्रभक्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फागुन १ गते दिनको ठीक ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलतर्फ उपस्थित भई कार्यक्रमलाई भव्य, शान्तिपूर्ण र ऐतिहासिक बनाउन हार्दिक आह्वान गर्दछौं,’ उनले भनेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार