जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी (उज्यालो नेपाल) हो : कुलमान घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टी(उनेपा)का अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलन पछि विकल्पको रुपमा आएको सबैभन्दा नयाँ पार्टी भनेको उनेपा भएको बताएका छन् । सोमबार उनेपाबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारको घोषणा पत्र सार्वजनिक कार्यक्रममा उनले जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी भएको भन्दै उनेपालाई नेपालको नयाँ विकल्पको रुपमा स्थापित गर्ने बताए ।

उनले भने, ‘जनताले विश्वास गरेको, माया गरेको पार्टी भनेको उज्यालो नेपाल पार्टी हो र जेनजी आन्दोलनपछि सबैभन्दा नयाँ पार्टी भनेको पनि हाम्रो पार्टी हो । पहिलो नयाँ पार्टी विकल्पको रुपमा स्थापना भएको पार्टी पनि यही हो । यो पार्टीले जेनजीको मागलाई पनि लिन्छ र नेपालको नयाँ विकल्पको रुपमा स्थापित हुन्छ ।’

यस्तै, उनले उज्यालो नेपाल पार्टी एउटा देशभित्र सम्पूर्ण नेपाली जनताले बुझ्न चाहेको र आबद्ध हुन चाहेको पार्टी भन्दै सबै नेपाली जनताले यो पार्टीलाई विश्वास गरेको बताए । कुनै स्वार्थबिना जेनजी आन्दोलनको माग, नेपाली जनताको भावना र देशको माग अनुसार भएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमती भएको पनि उनको भनाई ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार