अब कांग्रेसले सरकारको नेतृत्व गर्दा एउटा पनि काण्डका बारेमा कसैले सुन्नु पर्दैन : गगन थापा

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका कमजोरीहरूलाई खुला हृदयले स्वीकार गर्दै कांग्रेस नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् ।

कोशी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन विराटनगर आएका थापाले कमजोरी सच्याएर पार्टी अगाडि बढ्ने बताए ।

विशेष महाधिवेशन पछि पहिलो पटक विराटनगर आएका थापालाई स्वागत गर्न डा. शेखर कोइराला समेत पुगेका थिए ।

SHIKHAR COOL TECH

कार्यक्रममा उनले भने, ‘ऐना पुछेर होइन, अनुहारकै दाग मेटेर पार्टीलाई नेपाली काँग्रेसमा शुद्धीकरण हुन्छ ।’

थापाले विगतमा निर्वाचन जित्नु र सरकारमा टिकिरहनुलाई नै पार्टीले सबैभन्दा ठूलो सफलता मान्ने गल्ती गरेको स्वीकार गरे । उनले भने,‘ सत्ता प्राप्तिका लागि जोसँग पनि मिल्ने र जे पनि गर्ने प्रवृत्तिले बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता निष्ठावान् नेताहरूले बनाएको पार्टीको छविमा आँच पुगेको छ । अव हामी त्यसो हुन दिन्नौ ।

थापाले कम्युनिस्ट पार्टीहरूसँगको अस्वस्थ प्रतिस्पर्धाका कारण कांग्रेसले आफ्नो मौलिक पहिचान गुमाउँदै गएको बताए । अदालत र संवैधानिक निकायहरूमा दलीय भागबन्डा खोजेर ती संस्थाहरूको गरिमा बिगार्ने काममा कांग्रेस पनि कहीँ न कहीँ दोषी रहेको उनले बताए ।

उनले भने, ‘कायरले मात्र आफ्नो कमजोरी लुकाउँछ, तर साहसीले गल्ती स्वीकार गरेर अघि बढ्छ । हामी गल्ती नदोहोर्‍याउने संकल्पका साथ नागरिकको माझमा नयाँ भरोसा लिएर जानेछौँ ।’

कांग्रेस बदलिएको कुराले मात्र जनतामा उत्साह नआउने तर्क गर्दै उनले अब कार्यकर्ताहरू कांग्रेस बदलिँदा नागरिकको जीवनमा के फरक पर्छ भन्ने ठोस उत्तर लिएर टोल टोलमा पुग्नुपर्ने बताए ।

मुलुकलाई पुनः कुनै पनि प्रकारको द्वन्द्वमा पर्न नदिने मुख्य आधार वर्तमान संविधान नै भएको बताउँदै थापाले यसको रक्षा र पूर्ण कार्यान्वयनमार्फत नागरिकका समस्या समाधान गर्न कांग्रेस प्रतिबद्ध रहेको बताए ।

उनले भने ‘देशभरका कार्यकर्तामा नयाँ ऊर्जा सञ्चार भएको छ यसलाई कोठाभित्र सीमित नराखी प्रत्येक नागरिकको घरदैलोसम्म पुर्‍याउन हामी सबै लाग्नु पर्छ ।’

कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता सहभागी हुन आएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार