हल्ला गर्दैमा नयाँ भइँदैन, नेकपाले नै देशको बागडोर सम्हाल्नु पर्ने अवस्था छ : प्रचण्ड

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको बागडोर नेकपाले सम्हाल्नु पर्ने देशको आवश्यकता रहेको बताएका छन् । नेकपा ओखलढुंगाको  निर्वाचन विशेष मतदाता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमा होहल्ला गर्दैमा नयाँ नहुने दावी गरे ।

उनले भदौ २३ गते विद्यार्थीको हत्या गर्ने र २४ गते विध्वंश मच्चाउनेहरूले आत्मसमीक्षा समेत नगरी हो–हल्ला गरेर हिँडेको आरोप लगाए । उनले भने, ‘यी दुवैभन्दा हामी फरक छौं, विचारले फरक । यो पार्टीले देशको बागडोर सम्हाल्नु पर्ने आजको ऐतिहासिक आवश्यकता हो । त्यही आवश्यकता महसुस गरेर नै देशभक्त र कम्युनिष्ट शक्तिहरूलाई एकताबद्ध गरेका हौँ ।’

SHIKHAR COOL TECH

उनले बाहिरबाट आफ्नो उमेरले डाँडो काटे पनि भित्रबाट त्यस्तो नभएको जिकिर गरेका छन् । उनले भने, ‘उमेरले बाहिरबाट डाँडो काटे जस्तो देखिएको होला, तर भित्रबाट बिल्कुल कटेको छैन । मैले अन्तिम समयसम्म राष्ट्रको स्वाधीनता र जनताको हितमा समर्पित भएर नयाँ आन्दोलनको सृष्टि गर्ने संकल्प गरेको छु ।’

कार्यक्रममा एमाले छाडेर नेकपाको उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले एमालेमा दास र लाशहरु मात्र बाँकी रहेकाले विद्रोह गरेको भन्दै जनताको मायाले चुनाव जित्ने दावी गरे । प्रचण्डले अम्बिरबाबुलाई चुनाव जिताएमा पार्टीले उचित जिम्मेवारी दिने बताए । 
 

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार