नेपाली कांग्रेसभित्र अभूतपूर्व एकता छ: केन्द्रीय सदस्य घिमिरे

रामेछाप ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेले वर्तमान अवस्थामा पार्टीभित्र अभूतपूर्व एकता कायम रहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियन रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता घिमिरेले यस्तो बताएका हुन् ।

केन्द्रीय प्रतिनिधिको रूपमा रामेछाप खटिएका घिमिरेले कांग्रेससँग निर्वाचन लडेको लामो अनुभव रहेकाले आगामी निर्वाचनमा कसरी परिणाम आफ्नो पक्षमा पार्ने भन्ने रणनीति स्पष्ट रहेको उल्लेख गरे । “कांग्रेससँग चुनाव जित्ने कला र अनुभव दुवै छ,” उनले भने, “यो पटकको निर्वाचनबाट नेपाली कांग्रेस मुलुकको पहिलो दल बन्छ ।”

रामेछापको चुनावी सन्दर्भमा बोल्दै नेता घिमिरेले यहाँका उम्मेदवार रामचन्द्र खड्काको विजय सुनिश्चित रहेको दाबी गरे । खड्काको व्यक्तित्व निष्कलंक रहेको चर्चा गर्दै उनले भने, “उहाँमाथि कुनै विवाद वा आर्थिक अपचलनको आरोप छैन । स्वच्छ छवि र निष्ठावान् राजनीतिक पृष्ठभूमिका कारण खड्कालाई मतदान नगर्नु पर्ने कुनै कारण नभएको घिमिरे बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार