नेकपा एमाले कैलालीका नेता महादेव भट्टले गरे पार्टी परित्यागको घोषणा

अत्तरियाः नेकपा एमालेका नेता महादेव भट्टले पार्टी परित्याग गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सल्लाहकार परिषद् कमिटी सदस्य समेत रहेका उनले एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन।

भट्टले आफूले २०४१ साल देखी राष्ट्रिय जनमोर्चाको भातृ सङ्गठन अखिल भारतीय नेपाल एकता समाजबाट एमालेको राजनीतिक यात्रा सुरु भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। नेकपा एमालेमा भने २०४८ साल देखी सदस्यता लिएको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

SHIKHAR COOL TECH

उनले आफू जनताको बहुदलीय जनवादबाट प्रभावित भएर एमालेमा लागेको बताएका छन्। उनले आफूले २०४९ सालमा सङ्गठित सदस्यता प्राप्त गरेर सङ्गठन निर्माणमा लागेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्। विज्ञप्तिमा उनले २०५४ को स्थानीय तहको निर्वाचनमा साबिकको कैलपालमाण्डौ गाविसको उपाध्यक्षमा आफू निर्वाचित भएको जिकिर गरेका छन्। हालको गन्यापधुरा गाउँपालिका नामाकरण गरिएको सो गाविसमा आफू २०५६ साल देखी २०५९ सम्म कार्यवाहक अध्यक्ष बनेको उनले बताए।

तत्कालीन समयमा डडेल्धुरामा एमालेको राजनीति गर्दै आएको बताएका भट्टले २०६४ सालपछि भने कैलालीमा राजनीतिक यात्रा सुरु गरेको बताए। उनले जारी गरेको विज्ञप्तिमा आफू दुई पटक कैलाली जिल्ला कमिटी सदस्य र तेस्रो कार्यकाल जिल्ला सल्लाहकार परिषद्को संयोजक बनेको उल्लेख गरिएको छ।

उनले आफूले एमालेको सिद्धान्त मन पराएर पार्टीमा आबद्ध भएको बताउँदै पछिल्लो समय पार्टीको सिद्धान्त र व्यवहारमा भिन्नता देखिएकाले परित्याग गरेको बताएका छन्। ‘पछिल्लो समयमा पार्टी भित्र देखिएको गलत राजनीतिक अभ्यास, नेतृत्वको कार्यशैली तथा सिद्धान्त र व्यवहारबिच देखिएको अन्तरका कारण आन्तरिक लोकतन्त्र, पारदर्शिता तथा जनमुखी अभ्यास अपेक्षित रूपमा सुदृढ हुन नसकेकोले आफ्नो आत्म सम्मान, वैचारिक स्वतन्त्रता र जनहितलाई प्राथमिकतामा राख्दै नेकपा एमालेको साधारण सदस्य तथा सम्पूर्ण जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जानकारी गराउँदछु’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उनले आफू आगामी दिनमा कुनै पनि दलमा आबद्ध नरही स्वतन्त्र नागरिकका रूपमा रहने समेत बताएका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार