पाँच करोड नजिक पुग्यो फिल्म ‘आ बाट आमा’ को कमाइ

फिल्म ‘आ बाट आमा’ को कमाइ ५ करोड नजिक पुगेको छ।

माघ १६ गतेदेखि प्रदर्शनमा आएको फिल्मले २४ गते शनिबारसम्ममा सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको हो। ९ दिनको यो अवधिमा फिल्मको १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ भावनात्मक पारिवारिक कथामा आधारित फिल्म हो। फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेतीलगायत कलाकारहरूको अभिनय छ।

फिल्मले आमाछोराबीचको गहिरो सम्बन्ध र त्यसमा जोडिने पीडा, माया र त्यागको कथा भन्छ। ‘आ बाट आमा’ को निर्माता कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश एसबीजे कुँवर, ध्रुब प्रसाद न्यौपाने र क्षितिज ढुंगाना हुन्।

फिल्म दोस्रो सातामा प्रदर्शनरत छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार