चुनावी खाताको दुरुपयोग नगर्न निर्वाचन आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए कानुनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोगले निर्वाचन प्रचार प्रसारका लागि खोलेको खाताको दुरुपयोग नहुनेमा आयोग विश्वस्त रहेको भन्दै दुरुपयोग भएपछि कानुन बमोजिम कारबाही हुने जनाएको हो ।

SHIKHAR COOL TECH

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको विषयमा आयोगले निर्देशिका नै जारी गरिसकेको बताए ।

उम्मेदवारले तोकेर सहयोग माग्न नपाइने भन्दै उनले स्वेच्छाले हुने सहयोगलाई कानुनले गैरकानुनी नमान्ने धारणा राखे । चुनावका नाममा नियतवस आर्थिक दुरुपयोग भएको देखिए कानुनबमोजिम त्यसको पछि समाधान हुने उनले बताए ।

प्रवक्ता भट्टराईले मतदाता शिक्षाका लागि आवश्यक सामग्रीहरु जिल्ला सदरमुकाम पुगिसकेको जानकारी दिए । उनले फागुन चार गतेदेखि प्रचार प्रसार सुरु हुने भन्दै मतदातालाई कुनै खालको दबाब भए–नभएको आयोगले हेर्ने बताए । सरकारका सुरक्षा निकायहरूले सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएकाले सुरक्षामा केही समस्या आउँछ भन्ने महसुस आयोगले नगरेको उनले बताए  ।

भट्टराईले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्याकिङ भएर मौज्दात राखिएको अवस्थामा रहेको जानकारी दिए । प्रत्यक्ष तर्फको मतपत्र छपाईको कामले गति लिइरहेको र अहिलेसम्म करिव ८४ लाख ४० हजार भन्दा बढि मतपत्र छपाइ भइसकेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार