गृहजिल्ला झापा पुगेपछि ओलीले भने- भिड्न आउँछु भन्नेलाई स्वागत गर्छु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् ।



भद्रपुर विमानस्थलमा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताएका छन् । उनले नयाँ भाइ, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा नभएको बताए ।

SHIKHAR COOL TECH

उनले भने, ‘युवाहरु निर्वाचनको प्रचारमा लागेका छन् सूर्यलाई जिताउँ भनेर, सूर्यको जित निश्चित छ । भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु, खुसी लाग्छ । नयाँ हाम्रा भाइ, भतिजा, छोराहरुको पुस्ता सिक्छु, राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नुपर्ने कुरा छ र ?’

साथै, उनले झापालाई सूर्यमय बनाउनुपर्ने भन्दै त्यसका लागि योगदान गर्न सबै जिल्लावासीलाई आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार