एमाले छाडेका बाह्रबिसेका पूर्वमेयर निमफुञ्जो नेकपामा प्रवेश

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।

शुक्रबार काठमाडौंको जडिबुटीमा आयोजित नेकपाकव सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमबीच शेर्पा पार्टी प्रवेश गरेका छन्।

SHIKHAR COOL TECH

उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्।

शेर्पाले माघ ९ गते एमाले परित्याग गरेका थिए।

उनले २०७४ मा बाह्रबिसे नगरपालिकामा एमालेबाट मेयर जितेका थिए।

उनीसँगै अन्य थुप्रै एमाले कार्यकर्ता नेकपामा प्रवेश गरेको संयोजक प्रचण्डको सचिवालयले जनाएको छ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार