रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ मोडमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज शोक विज्ञप्ती जारी गरी जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको ज्यान गएको र ४५ जना घाइते भएका खबरले आफ्नो पार्टी स्तब्ध भएको बताए।

रास्वपाले उक्त दुःखद् घटनामा असामयिक मृत्युवरण गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतआत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। त्यस्तै, दुर्घटनामा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार