ओलीलाई आफ्नोबारे निकै चिन्ता, प्रधानमन्त्री कार्कीलाई भेटेरै भने– मेरो सुरक्षा हुनैपर्छ

निर्वाचनको माहोल अझै पूर्ण रूपमा नबनेको भन्दै सरकारमाथि दबाब बढाइरहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्दै तोकिएकै मितिमा एकै चरणमा मतदान हुनुपर्ने धारणा राखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा करिब दुई घण्टा चलेको भेटवार्तामा ओलीले कुनै क्षेत्रमा निर्वाचन सार्नुपर्ने वा रद्द गर्नुपर्ने अवस्था आए पनि लामो अन्तर नराख्न, मतदान सकिएलगत्तै मतगणना सुरु गर्न र सेनालाई ‘ब्याक फोर्स’को रूपमा मात्र परिचालन गर्न सुझाव दिएका थिए ।

SHIKHAR COOL TECH

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार ओलीको जोड एकै चरणमा चुनाव सम्पन्न होस् भन्नेमा थियो ।

यदि कुनै कारणले ढिलाइ वा स्थगन गर्नुपरे पनि धेरै ग्याप नहोस्, मतदानपछि तुरुन्तै मतगणना सुरु होस् र सेना सहायक शक्तिको रूपमा मात्रै सीमित रहोस् भन्ने उनको चासो रहेको रावलले बताए ।

जवाफमा प्रधानमन्त्री कार्कीले निर्वाचन तोकिएकै मितिमा र एकै चरणमा हुने स्पष्ट पार्दै कुनै पनि हालतमा मिति परिवर्तन नहुने बताएकी थिइन् ।

छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको रावलको भनाइ छ ।

भेटका क्रममा ओलीले आफू शुक्रबार झापा जाने कार्यक्रम रहेको जानकारी गराएका थिए ।

झापाको सन्दर्भ उठेपछि प्रधानमन्त्री कार्कीले त्यहाँ शान्तिपूर्ण वातावरण कायम गर्न सहयोग गर्न आग्रह गरेकी थिइन् ।

उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउँदै राज्यले कसैप्रति विभेद नगर्ने धारणा राखेकी थिइन् ।

साथै, सरकारतर्फ कमजोरी भए सच्याउन तयार रहेको उल्लेख गर्दै उनले यस चुनावलाई असामान्य परिस्थितिको महत्वपूर्ण अध्यायका रूपमा जिम्मेवारीपूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

जवाफमा ओलीले एमाले शान्तिपूर्ण राजनीतिक प्रक्रियामा विश्वास गर्ने पार्टी भएकाले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने बताएका थिए ।

उनले एमालेले कहिल्यै बल प्रयोग नगर्ने, धाँधली वा बुथ क्याप्चरजस्ता गतिविधिमा संलग्न नभएको दाबी गर्दै आफ्नो क्षेत्रमा विगतमा यस्ता घटना नभएको उल्लेख गरे ।

यसका साथै ओलीले आफ्नो सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा व्यवस्था गरिदिन आग्रह गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार