बालेनको भावुक ‘स्ट्याटस’: माया मात्रै रै’छ देशभरि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का पछिल्ला सामाजिक सञ्जाल गतिविधिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। 

पूर्वी पहाडी जिल्ला भ्रमणमा रहेका उनले गएराति फेसबुकमा एक सन्देशात्मक स्ट्याटस लेख्दै उनले देशप्रेम र नागरिकको सद्भावप्रति आभार प्रकट गरेका छन्।

उनले लेखेका छन्, “माया मात्रै रैछ देशभरि!! यसरी नै देशलाई माया गर्नु, देश बन्छ।”  झापादेखि कञ्चनपुरसम्म पुगेर स्थानीयसँग संवाद गरिरहेका शाह रवि लामिछाने नेतृत्वको रास्वपाका तर्फबाट झापा क्षेत्र नं. ५ का उम्मेदवार हुन्। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि त्यहीँ उम्मेदवार छन्।

२०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर स्थापित दलहरूलाई स्तब्ध पार्दै बालेन मेयरमा निर्वाचित भएका थिए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार