काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई करोड जनतालाई काममा लाउने आफ्नो लक्ष्य रहेको बताएका छन् ।
उनले निर्वाचनमा आफूले जिते दुई करोड जनतालाई काममा लाउने लक्ष्य रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन् । उनले कार्यक्षेत्र बढाएर काममा राखेको उल्लेख गर्दै भने, ‘२२ जना त के २२ लाख र २ करोडलाई काममा लाउने मेरो लक्ष्य छ! कार्यक्षेत्र बढाएर काममा राखेको हुँ! ज्यादा नखोक्नु है !’





प्रतिक्रिया दिनुहोस्