विशेष महाधिवेशनपछि कांग्रेस एक ढिक्का भएको छ- प्रदेश उपसभापति खनाल

नेपाली काँग्रेसका लुम्बिनी प्रदेश उपसभापति राजु खनालले विशेष महाधिवेशनपछि पार्टीलाई एक ढिक्का बनाएको बताएका छन्।

 लुम्बिनी प्रदेश निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका खनालले बुधवार बुटवलमा पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगले समेत विशेष महाधिवेशनलाई वैधता दिएपछि पार्टीभित्रका सबै विवाद र असमझदारी टुङ्गिएको बताएका हुन्।

SHIKHAR COOL TECH

निर्वाचन आयोगले बैधानिकता र अदालतले अन्तरिम आदेश नदिएको अवस्थामा अहिले पार्टी एक ढिक्का बनेको छ, अब हाम्रो ध्यान पार्टीका उम्मेदवारहरूलाई जिताउने तर्फ केन्द्रित गरेका छौं,’ उनले भने।

उनले कतिपय क्षेत्रमा बागी उम्मेदवारी दिएकाहरूलाई आधिकारिक उम्मेदवारलाई समर्थन गर्न आग्रह गरे।

‘कहीँ कतै मनमुटाव छन् भने पनि निर्वाचनसम्म बिर्सिएर एकताबद्ध हुँदा नै पार्टी र सम्बन्धित व्यक्तिलाई समेत फाइदा हुन्छ,’ खनालले भने।

खनालले यसअघि कुनै न कुनै हिसाबमा परीक्षित भइसकेकाहरूले पनि नयाँ र पुरानाको भाष्य निर्माण गरिरहेको बताए।

खनालले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको रूपमा अगाडी सारेका बालेन साह काठमाण्डौं महानगरपालिकाको मेयरको कार्यकाल पूरा नगरी त्यहाँका जनताले पाँच वर्षका लागि दिएको जनमत लत्याएको बताए।

‘नयाँ भनिएको पार्टीले जसलाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ।  उनको पालामा साधन स्रोत र जनसङ्ख्याले भरिपूर्ण रहेको काठमाण्डौं महानगरपालिकामा के के सुधारका काम भए, कति बजेट कार्यान्वयन भयो भन्ने कुरा प्रस्ट छ, जनताले अझै पनि बुझेको छैन भने निर्वाचन भन्दा पहिले नै बुझिसक्छ,’ खनालले भने।

उनले लुम्बिनी प्रदेशका सबै क्षेत्रहरूमा नेपाली कांग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउने गरी पार्टीले निर्वाचन परिचालनको काम अगाडि बढाउने भन्दै त्यस कार्यमा लाग्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार