न्याय परिषद्ले १० जिल्ला न्यायाधीशको सरुवा गरेको छ । बुधबार बसेको परिषद्को बैठकले १० जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो । निर्वाचन आयोगले आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको अवस्थामा परिषद्ले यस्तो निर्णय गरेको हो ।
परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै काठमाडौं जिल्ला अदालतका चार न्यायाधीशको सरुवा गरिएको जानकारी दिएका हुन् । प्रकाशकुमार अधिकारी, मदनबहादुर धामी, बाबुराम सुवेदी र ढाकाराम पौडेललाई काठमाडौंबाट अन्यत्र सरुवा गरिएको विज्ञप्तिमा उल्लेख छ । विमला रेग्मी, नारायण सापकोटा, प्रतिमाकुमारी पोखरेल भट्टराईलाई काठमाडौंमा सरुवा गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्