धनगढीः सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुखको जिम्मेवारी डाक्टर निरज अर्याललाई दिइएको छ।
स्वास्थ्य क्षेत्रको नीति निर्माण, अस्पताल पूर्वाधार विकास तथा प्रदेशभित्रका चिकित्सा सेवाको प्रभावकारी व्यवस्थापन गर्ने महाशाखाको नेतृत्व अब डाक्टर अर्यालले सम्हाल्नेछन्। उनीसँग स्वास्थ्य सेवा व्यवस्थापन तथा चिकित्सकीय क्षेत्रमा लामो अनुभव रहेको जनाइएको छ।
नयाँ जिम्मेवारी सम्हालेपछि डाक्टर अर्यालले सुदूरपश्चिम प्रदेशका अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रदान हुने सेवाहरूलाई गुणस्तरीय, प्रभावकारी र जनमैत्री बनाउनेतर्फ प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।





प्रतिक्रिया दिनुहोस्