बालेन झापाको उर्लाबारीमा, मतदातासँग के भन्दै छन् ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) उर्लाबारी आएका छन् ।

उर्लाबारीमा आयोजित भेटघाट तथा छलफलका क्रममा उनले स्थानीयवासी, युवाहरू र नागरिक अगुवासँग समसामयिक राजनीतिक अवस्था, सुशासन र स्थानीय विकासका विषयमा संवाद गरेका छन्।

SHIKHAR COOL TECH

भेटघाटमा शाहले विकासको मूल आधार पारदर्शिता र जबाफदेहिता भएको उल्लेख गर्दै राज्य संयन्त्रमा देखिएको बेथिति र अनावश्यक खर्च नियन्त्रण गर्न नागरिक स्वयं सचेत र सक्रिय हुनुपर्ने धारणा राखे। उनले स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने बताए।

स्थानीय युवाहरूले रोजगारीको अभाव, सहरी व्यवस्थापन, फोहोर व्यवस्थापन तथा आधारभूत पूर्वाधारका समस्या उठाएका थिए। जवाफमा साहले नीति निर्माणमा नागरिकको सहभागिता बढेमा समाधान सम्भव हुने बताउँदै परिवर्तन माथिबाट मात्र नभई तलबाट सुरु हुनुपर्ने बताए।

बालेनको उर्लाबारी आगमनलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ । उनका समर्थकहरूले उनको स्पष्ट बोली र कार्यशैलीले परम्परागत राजनीतिमा नयाँ बहस सिर्जना गरेको प्रतिक्रिया दिएका छन्।

उर्लाबारी बसाइँका क्रममा शाहले स्थानीय अवस्था अवलोकन गर्ने र विभिन्न समूहसँग थप अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताइएको छ।


कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार