धनगढीलाई महानगर बनाउने शाहको बाचा, खास ‘बाचा’ कि चुनावी गफ ?

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का काँग्रेस उम्मेदवार नरनारायण शाह (मनु शाह) ले धनगढीलाई महानगर बनाउने प्रस्ताव गरेका छन् । चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै उनले धनगढीलाई उपमहानगरपालिकामा सिमित नराखेर महानगर बनाउने प्रस्ताव गरेका हुन् ।

उनले कैलाली ५ बाट निर्वाचित भए धनगढीलाई महानगर बनाउन पहल गर्ने बताए । जुन कुरा उनले आफ्नो चुनावी प्रतिबद्धता पत्रमा समेत उल्लेख गरेका छन् ।

SHIKHAR COOL TECH

तर चुनावको मुखमा शाहले गरेको उक्त प्रस्तावलाई धेरैले भोट माग्ने नयाँ एजेन्डाका रुपमा व्याख्या गरेका छन् ।

चुनावको मुखमा यस्ता घोषणा गर्नु वा हुनु वास्तविक योजना कम, चुनावी गफ बढी भएको स्थानीयहरुले प्रतिक्रिया दिएका छन् । यस्तै शाहले घोषणा–पत्र सार्वजनिक गर्ने क्रममा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर काम गर्ने पनि बताएका छन् ।

यस्तै उनले सुदूरपश्चिमका विकास आयोजना अघि बढाउन निर्वाचित सांसदहरु एकजुट भएर सदन तताउने पनि दाबी गरेका छन् । अब यी सबै कुरा चुनावी भाषणमै सीमित रहन्छन् वा साँच्चै कार्यान्वयनमा पुग्छन्, त्यो निर्वाचन पछि नै थाहा होला । तर धेरैले चुनावअघि गरिएका यस्ता योजना र घोषणा भोट तान्ने नयाँ तरिका भएको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार