घडियाल प्रजनन् केन्द्रका १० गोही खोला र निकुञ्जमा छाडियो

बर्दिया राष्ट्रिय निकुञ्जको परेवा ओडारस्थित घडियाल छाडिँदै । तस्बिर सौजन्य : सरोजमणि पौडेल, बर्दिया निकुञ्ज ।

बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले खौराहा खोला र बाँके निकुञ्जमा गरी १० वटा गोही छाडेको छ । विश्व सिमसार दिवसको अवसर पारेर निकुञ्जले खौराहा खोलामा ५ वटा गोही छाडेको हो ।

SHIKHAR COOL TECH

बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्वारास्थित घडियाल प्रजनन् केन्द्रमा रहेका ५ वटा गोही खोलामा छाडिएको बर्दिया निकुञ्जका सूचना अधिकारी एंव वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

५ वटा भने बाँके राष्ट्रिय निकुञ्जको प्रजनन् केन्द्रमा पठाइएको उनले बताए । चार वर्ष उमेरका १ पोथी र ९ वटा भाले मगर गोही छाडिएको हो । चालु आर्थिक वर्षमा ३० वटा घडियाल गोही विभिन्न समयमा प्राकृतिक बासस्थानमा छाडिएको निकुञ्जले जनाएको छ ।

सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडीयाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको थियो । पश्चिम नेपालको पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया निकुञ्जमा गोही संरक्षणका लागि गोही प्रजनन् केन्द्रको स्थापना गरिएको छ ।

प्रजनन् केन्द्र स्थापना गरिएपछि निकुञ्जमा गोहीको पालनपोषण र स्याहार गर्न थालिएको निकुञ्जले जनाएको छ । पछिल्लो गणना अनुसार घडियाल प्रजनन् केन्द्रमा ठूला १ सय ५० र साना ७० वटा गोही रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार