काठमाडौंमा बाढी सुकुम्बासी बस्ती माथिसम्म आउने भएकाले हटाउन खोजेको थिएँ- बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले काठमाडौंको बागमती नदी किनार बस्दै आएका भूमिहीन सुकुम्बासीलाई बाढीबाट जोगाउनका लागि हटाउन खोजेको बताएका छन्।

झापा-५ मा चुनावी अभियानका क्रममा बालेनले मंगलबार बिहान त्यहाँका भूमिहीन सुकुम्बासीसँग भेटेका थिए। त्यस विषयमा त्यहाँका सुकुम्बासी परिवारहरूले बालेनसँग काठमाडौं महानगरपालिकामा मेयर हुँदा सुकुम्बासी बस्ती हटाउन खोजेको विषयमा प्रश्न गरेका हुन्। 

SHIKHAR COOL TECH

जबाफमा उनले हरेक वर्ष बाढी आउने हुँदा व्यवस्थित गर्न डोजर चलाएको बताए।

‘काठमाडौंको खोला छेउको सार्वजनिक जग्गा हो। त्यो खोलाको जग्गा हो। खोला छेउबाट हटाउन खोजेको उहाँहरूकै लागि हो। बाढी आउँदा बस्ती भन्दा माथिसम्म आउँछ। हरेकचोटि बर्खा लाग्दा उहाँहरूलाई निकालेर अर्को ठाउँ लग्नुपर्छ,’ उनले भने, ‘काठमाडौंमा गर्न खोजेको चाहिँ जोखिममा बस्नुभएकाले सुरक्षित ठाउँमा राख्नु पर्‍यो भनेको हो। तर नेगेटिभ चाहिँ डोजरजस्तो देखिएको हो। खास उहाँहरूको ज्यान जोगाउनका लागि हो।’

उनले झापाको समस्या भने वास्तविक भएको बताए।

‘खोला छेउ बाहेकको त भूमि आयोगबाट लगत संकलन गरेर नेपाल सरकारले दिने हो। स्थानीय सरकारको सिफारिसमा सरकारले दिने हो। यहाँको त रियल हो नि,’ उनले भने।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार