५१ अर्ब राजस्व संकलन गर्दै लक्ष्य भेटाउने प्रयासमा भैरहवा भन्सार

काठमाडौं –भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को ६ महिनामा ५० अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ९१.६१ प्रतिशत हो । भन्सार विभागले पुस मसान्तसम्म ५५ अर्ब ५४ करोड राजस्व संकलनको लक्ष्य दिएको थियो । यो लक्ष्यभन्दा केही कम राजस्व संकलन हो ।

अघिल्लो आवको सोही अवधिको तुलनामा चालु वर्षको पुस मसान्तसम्म राजस्व संकलन १०.५३ प्रतिशत बढेको छ । आव २०८१–८२ को पुस मसान्तसम्म ४६ अर्ब ३ करोड राजस्व संकलन भएकोमा यो वर्ष साढे ४ अर्ब ८५ करोड बढी संकलन भएको छ । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाले आयात बढ्दा संकलित राजस्व पनि बढेको हुन सक्ने बताए ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार