नेपालले विश्वकपअघि पहिलो ‘वार्म अप म्याच’ यूएईसँग खेल्दै

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुईवटा ‘वार्म अप म्याच’ खेल्दैछ।

पहिलो वार्म अप म्याच अन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार साँझ सवा ५ बजे चेन्नईस्थित एमए चिदम्बरम रङ्गशालामा हुनेछ।

SHIKHAR COOL TECH

मुम्बईमा तयारी गरिरहेको टोली अभ्यास खेलका लागि चेन्नई पुगेको हो। यस्तै, नेपालले दोस्रो वार्म अप खेल बिहीबार क्यानडासँग खेल्नेछ। नेपालको पहिलो खेल फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग हुनेछ। जुन खेलबाट नेपालले विश्वकपको यात्रा सुरु गर्नेछ।

नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ। यसै समूहमा दुई पटकको विश्वविजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्डसहित स्कटल्यान्ड र इटाली छन्।

नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालका समूह चरणका सबै खेल मुम्बईस्थित वानखेडे मैदानमा खेलिनेछ। टी–२० विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हो। नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो।

विश्वकप खेल्ने नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार