जुम्लाका ५२ मतदानस्थल अति संवेदनशील

भक्तराज जोशी

आगामी २१ फागुनमा हुने हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका ५२ मतदानस्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको छ ।

मतदानस्थललाई शान्तिपूर्ण र भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थललाई तीन तहमा वर्गीकरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रबिनबाबू रेग्मीले जानकारी दिए ।

SHIKHAR COOL TECH

 जिल्लाका ८५ मतदानस्थलमध्ये ५२ वटालाई अति संवेदनशीलमा वर्गीकरण गरिएको हो । १८ वटा मतदानस्थललाई संवेदनशील  तथा १५ वटा मतदानस्थललाई सामान्यमा वर्गीकरण गरिएको प्रनाउ रेग्मीले बताए ।

जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ छ । त्यसमध्ये महिला मतदाता ३४ हजार २८० र पुरुष मतदाता ३७ हजार ४५९ जना छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार