रास्वपालक्षित भानुभक्त ढकालको टिप्पणी– दुई दिन बाढी आउँदा यस्तै हुन्छ, खहरे स्थिर हुँदैन

नेकपा (एमाले)का सचिव तथा तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भानुभक्त ढकालले आगामी निर्वाचनमा पार्टीले एकल बहुमत ल्याउने दाबी गरेका छन्। प्रेस चौतारी मोरङले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा ढकालले नयाँ शक्तिहरूको उदयलाई अस्थायी लहरको संज्ञा दिँदै एमालेको विजययात्रा नरोकिने जिकिर गरे।

बालेन शाहले मेयर पदबाट राजीनामा दिएर झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएको विषयलाई ढकालले रास्वपाले नै अन्तरघात गर्ने बताए । ‘बालेनजीलाई झापा लगेर केपी ओलीसँग लडाउनु कतै उनकै दल वा घेराभित्रको षड्यन्त्र त होइन ? उनलाई प्रधानमन्त्री र दलको नेता बनाउनुपर्ने झन्झटबाट अहिले नै मुक्त गरौँ भन्ने मनसायले त्यहाँ पठाएको देखिन्छ,’ ढकालले भने, ‘केपी ओलीसँग लडाउनु भनेको उनलाई राजनीतिक रूपमा समाप्त पार्नु हो ।’ ढकालले झापा-५ को चुनावी तापक्रम अब विस्तारै घट्दै जाने र अन्ततः बालेनको इमोसनमाथिको राजनीति परास्त हुने दाबी गरे ।

SHIKHAR COOL TECH

ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य नयाँ शक्तिहरूको चर्चालाई खहरेको बाढीसँग तुलना गरे। उनले सामाजिक सञ्जाल र मिडियामा देखिएको लहर अस्थायी भएको र यसले स्थापित दलीय व्यवस्थालाई विस्थापित गर्न नसक्ने बताए। ‘दुई दिन बाढी आउँदा सधैँ यस्तै हुन्छ कि जस्तो लाग्छ, तर हरेक खहरे खोला जति ठूलो भएर आए पनि त्यसको स्थिरता हुँदैन,’ रास्वपाप्रति लक्षित गर्दै ढकालले भने, ‘यो एउटा फन्डा हो, जो अस्थायी र अस्थिर छ। दलहरू प्रतिको नेपाली जनताको समर्थन र विरासत अहिले पनि बरकरार छ।’

सचिव ढकालले हिजोको घेराबन्दी र विपक्षी मोर्चाको ट्राफिक जाम अहिले खुलेको भन्दै एमाले प्रत्यक्षतर्फ उल्लेख्य सिट जित्दै पहिलो पार्टी बन्ने दाबी गरे । 

एमालेको लोकप्रियता र सांगठनिक मजबुतीका कारण एकल बहुमतको सरकार बन्ने आधार तयार भएको उनको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार