व्यवसायीको घोषणा : यातायात क्षेत्रलाई प्राथमिकता दिने दललाई मात्रै चुनावमा सहयोग

 सारांश

  • यातायात व्यवसायीहरूले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकता दिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।
  • महासंघले यातायात क्षेत्रको सुधार र प्रविधिमैत्री बनाउने योजना ल्याउने दललाई सहयोग गर्ने जनाएको छ।
  • व्यवसायीहरूले यातायात क्षेत्रलाई बेवास्ता गरे निर्वाचनमा घाटा हुने चेतावनी दिएका छन्।

काठमाडौँ । यातायात व्यवसायीहरूले सार्वजनिक यातायात क्षेत्रलाई प्राथमिकतामा राखेर चुनावी घोषणापत्र सार्वजनिक गर्न सबै राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आगामी निर्वाचनमा यस क्षेत्रको सुधारका लागि स्पष्ट योजना ल्याउने शक्तिलाई मात्रै सहयोग गर्ने नीति लिएको हो।

महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले सार्वजनिक यातायातको सुधार र प्रविधिमैत्री बनाउने कुरामा जोड दिने दलहरूलाई व्यवसायी र मजदुरले साथ दिने बताए। उनले सबै राजनीतिक दलहरूलाई यस पटकको घोषणापत्रमा यातायात क्षेत्रलाई उच्च प्राथमिकतामा राख्न अनुरोध गर्दै देशभरका व्यवसायी र मजदुरलाई पनि उम्मेदवारहरूसँग यसबारे प्रश्न सोध्न अपिल गरेका छन्।

SHIKHAR COOL TECH

व्यवसायीहरूले अबको यातायात क्षेत्र परम्परागत ढङ्गले चल्न नसक्ने भन्दै यसलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका छन्। यदि राजनीतिक पार्टीहरूले यस विषयलाई नजरअन्दाज गरेमा आसन्न निर्वाचनमा उनीहरूलाई घाटा हुने चेतावनी सिटौलाले दिए। महासंघले यातायातका साधनहरूको आयातमा देखिएका समस्या समाधान गर्न र नीतिगत सहजीकरणका लागि प्रतिबद्धता जनाउन पनि दलहरूको ध्यानाकर्षण गराएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार