राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि संघीय निर्वाचन सम्पादन समिति गठन गरेको छ । रास्वपाले पार्टीका उपसभापति डोलप्रसाद अर्यालको संयोजत्वमा ५१ सदस्यीय संघीय निर्वाचन सम्पादन समिति गठन गरेको हो ।
महासचिव कविन्द्र बुर्लाकोटीका अनुसार निर्वाचन लक्षित गतिविधिहरू सञ्चालन गर्न केन्द्रीय समितिको निर्णयानुसार समिति गठन गरिएको हो । समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन् ।
पार्टीले प्रदेशगत आधारमा प्रदेश समन्वय सचिव तोक्नुका साथै केन्द्रीय रुपमा आन्तरिक समन्वय उपसमिति, प्रशासनिक समन्वय उपसमिति र सञ्चार समन्वय उपसमिति पनि गठन गरेको छ ।








प्रतिक्रिया दिनुहोस्