बालेनको प्रचारमा गएका दिनेश सिटौलालाई ‘ब्रेन ह्यामरेज’, कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलालाई ‘ब्रेन ह्यामरेज’ भएको पाइएको छ । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको भेन्टिलेटरमा उनको उपचार भइरहेको छ ।

उनको स्वास्थ्य अवस्थाबारे अस्पतालले विज्ञप्ति निकाल्ने तयारी गरेको छ । “उहाँ (दिनेश सिटौला)लाई ब्रेन ह्यामरेज भएको थियो । अस्पताल ल्याउनुअघि ४५ मिनेट मुटुको चाल बन्द भएको थियो । उहाँलाई भेन्टिलेटरमा राखिएको छ,” ग्रान्डीका एक चिकित्सकले बाह्रखरीसित भने ।

SHIKHAR COOL TECH

चुनावी प्रचारका क्रममा सिटौला अछाम–२ बाट उमेदवार बनेका रास्वपाका भूपदेव शाहको घरमा बालेनसँगै पुगेका थिए । अस्पतालका अनुसार, एक्कासि बेहोस भएका उनी लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो ।

उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका निम्ति काठमाडौं ल्याइएको थियो । हाल उनको चेतनास्तर अत्यन्त न्यून छ । स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार