प्रतिनिधिसभा सदस्य निर्वाचन: बैतडीमा १ हजार ४४२ कर्मचारी खटाइँदै

दशरथचन्द (बैतडी): आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडी जिल्लामा १ हजार ४४२ जना कर्मचारी परिचालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाका २१४ वटा मतदान केन्द्रमा ती कर्मचारी खटाइने छन्।

निर्वाचनका लागि आवश्यक कर्मचारी व्यवस्थापन गर्न जिल्लास्थित सरकारी कार्यालयहरूसँग विवरण माग गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिए। उनका अनुसार केही दिनभित्रै कर्मचारीको विवरण संकलन गरी खटनपटन प्रक्रिया अगाडि बढाइने छ।

SHIKHAR COOL TECH

एक मात्र निर्वाचन क्षेत्र रहेको बैतडीमा हाल ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। जिल्लामा कुल १ लाख ५६ हजार ३७२ मतदाता रहेका छन्। जसमा ७८ हजार ९८७ पुरुष, ७७ हजार ३८३ महिला र दुई जना अन्य मतदाता छन्। निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालका अनुसार पाँच सयभन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएका केन्द्रमा सात जना कर्मचारी खटाइने व्यवस्था गरिएको छ।

सुरक्षाको दृष्टिले जिल्लाका ३३ मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिका अनुसार १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ वटा सामान्य श्रेणीमा वर्गीकरण गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार