काठमाडौं ।
पुष्पसदनले १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा शनिबार सफलता हात पारेको छ । पुष्पसदनले बाल दीक्षा सदनलाई ४५–३६ ले पराजित ग¥यो । पुष्पसदनका सम्राट लामाले २४ अंक जोडे । सिनियर ब्वाइजमै रेडियन्ट पब्लिकल ओरेकल रेलाई ५७–३६ ले हरायो । रेडियन्टका सुसनराज न्यौपानेले १४ स्कोर गरे ।
सिनियर गल्र्समा रेडियन्ट पब्लिकले बाल दीक्षालाई २१–९, एक्सेल्सियरले ल्यान्डमार्क एकेडेमीलाई २०–१७ र चाँदबागले न्यु जेनिथलाई २९–९ ले पाखा लगाए ।
प्रतियोगिताअन्तर्गत् ब्वाइज फुटसलको यु–१३ मा कोहिनुर र रेडियन्ट पब्लिक तथा रेडियन्ट पब्लिक र बोधीसत्वबीचको खेल बराबरीमा सकियो । दुवै खेल १–१ गोलको बराबरीमा टुंगियो । यु–१६ मा एक्सेल्सियर (नीलो) ले रेडियन्ट पब्लिकलाई ६–२, किड्स लर्निङले बोधीसत्वलाई २–० र न्यु अरुणोदयले रेडियन्ट पब्लिकलाई ५–० गोलले हराए ।





प्रतिक्रिया दिनुहोस्