देश तरकारी छानेको जस्तो होइन, भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके प्रयोगशाला बन्छ- कांग्रेस प्रवक्ता

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो मानिस र पार्टीलाई देश सुम्पिन नसके प्रयोगशाला बन्ने निश्चित रहेको बताएका छन्। 

SHIKHAR COOL TECH

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टी कहिल्यै पुरानो नहुने बताए। अहिले नेपाली कांग्रेस नयाँ अनुहार, नयाँ सिद्धान्त र नीति बोकेर अघि बढिरहेको जिकिर गरे।

उनले कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको पनि बताए।

उनले अहिले भरपर्दो भविष्य हेर्ने बेला भएकाले कोही पनि उत्तेजनामा नआउन आग्रह गरे।

देश तरकारी चाखेको जस्तो नभएको भन्दै भरपर्दो पार्टीलाई सुम्पिनुपर्ने बताए। 

कुनै कुरा मन परेन भन्दैमा आफ्नो भविष्य खाल्डोमा हाल्न नहुने उनले बताए। 

उनले भने, ‘पार्टी पुरानो हुँदैन, मान्छे पुरानो हुनसक्छ। मान्छे बुढो हुनसक्छ। नयाँ मान्छे लिएर आएका छौं। १६५ क्षेत्रमा १०६ जना नयाँ उम्मेदवार दिएका छौं। प्रधानमन्त्रीको उम्मेदवार नयाँ प्रस्ताव गरेका छौं। यसबेला भरपर्दो भविष्य हेर्ने हो। कसको हातमा देश जिम्मा दिने? यो प्रश्न हो। देश प्रयोगशाला हुँदैन। तरकारी टेस्ट गरेको जस्तो लौका र घिरौंला रोजेको जस्तो हुँदैन। लगातार लौका खाएँ यस पटक घिरौँला खान्छु भनेको जस्तो हुँदैन। देश भरपर्दो मानिस र भरपर्दो पार्टीको हातमा देश सुम्पिन सकेनौं भने देशमा अराजकता हुन्छ, प्रयोगशालातर्फ जान्छ। सोमालिया जस्तो हुन्छ। शंका, उत्तेजनाको भरमा कुनै चिज मन परेन भन्दैमा आफ्नो भविष्य खाडलमा हाल्न सक्दैनौँ।’ 

प्रवक्ता चालिसेले अहिले हरेक नागरिकले देशप्रति माया गर्ने बेला भएको बताए। 

विवेक र संयमले निर्णय गर्ने बेला आज रहेको बताए। जनतालाई मालिक बनाउने प्रणाली स्थापित गरेर कांग्रेस अघि बढ्ने बताए। –न्युज एजेन्सी नेपाल

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार