मतदातासँग प्रत्यक्ष संवादमा उम्मेदवार शंकर पोखरेल

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा उम्मेदवार बन्नुभएका नेकपा (एमाले) महासचिव शंकर पोखरेल मतदातासँगको भेटघाट बढाउनुभएको छ । उहाँले दाङका मतदासँग  संवाद र चुनावी एजेण्डामा खुला बहसलाई चुनावी अभियानको मुख्य आधार बनाउँदै  जनताको  घर–घर पुग्नुभएको हो । 

    घोराही उपमहानगरपालिका–६ र १७ का विभिन्न टोलमा आज आयोजित भेटघाटमा उहाँले आफ्नो राजनीतिक यात्राभन्दा पनि आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा  तयार पारेका  विकासका  काम र त्यसको कार्यान्वयनलाई केन्द्रमा राखेर मतदातासँग बहस सुरु गर्नुभएको हो । 
    पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङको दीर्घकालीन विकासका लागि स्पष्ट खाका तयार गरिएको दाबी गर्दै त्यसैको निरन्तरताका लागि निर्वाचनमा होमिएको बताउनुभयो ।  “विकास योजना कागजमा मात्रै सीमित होइन, त्यसलाई पूरा गर्न सक्षम र जिम्मेवार नेतृत्व चाहिन्छ,” उहाँले भन्नुभयो , “योग्य नेतृत्व छान्ने जिम्मेवारी मतदाताकै हातमा छ ।”

SHIKHAR COOL TECH

    कार्यक्रमका क्रममा उहाँले आफू ‘कुराभन्दा काम गर्ने’ नेतृत्वका रूपमा परिचित भइसकेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न पुनः जनमतको आवश्यकता रहेको बताउनुभयो  । स्थानीय विकासका उदाहरण प्रस्तुत गर्दै उहाँले सडक, पूर्वाधार, खानेपानी र सिँचाइ जस्ता आधारभूत विषयमा आफ्नो प्राथमिकता स्पष्ट पार्नुभयो ।

    घोराही–१७ पचुर्काका उज्ज्वल टोल र पचुर्का टोलका स्थानीयवासीले घरआँगनसम्म कालोपत्रे सडक पुगिसकेको प्रसङ्ग उठाउँदै अब सामुदायिक भवन, खानेपानी र सिँचाइको समस्या समाधानमा ध्यान दिन आग्रह  गरेका थिए । स्थानीयले  विगतमा सुरु भएका योजनाहरू अलपत्र परेको गुनासो पनि राखेका थिए ।

    पोखरेलले मुख्यमन्त्रीको हैसियतमा आफूले रणनीतिक सडकका रूपमा अघि बढाएको दामोदर मार्गलाई सम्पन्न गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभयो । “रणनीतिक महत्व बुझेर निर्माण सुरु गरिएको दामोदर मार्गलाई पछिल्लो सरकारले बजेटविहीन बनाएर अलपत्र पारेको कुरा यहाँका नागरिक जानकार नै हुनुहुन्छ,” उहाँले भन्नुभयो, “अब त्यो सडक निर्माणको जिम्मा म स्वयं लिन्छु ।”

    मतदातासँगको संवादमा उहाँले विकासलाई दलगत नाराभन्दा माथि राखेर हेर्नुपर्ने धारणा राख्नुभयो । “दाङको समृद्धि साझा एजेण्डा हो,” उहाँले भन्नुभयो, “यसका लागि योजनाको निरन्तरता, स्पष्ट दृष्टिकोण र कार्यान्वयन क्षमता आवश्यक छ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार