पर्यटन विकास कार्यालय गौरमा दुई प्रमुख, सरुवाले प्रदेश सरकार विवादमा

काठमाडौं । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनकपुरधामको विवादास्पद सरुवापछि रौतहटस्थित पर्यटन विकास कार्यालय गौरमा एकै समयमा दुई जना कार्यालय प्रमुख देखिएका छन्। लेखा अधिकृत आठौँ राजेश काफ्लेको काज फिर्ता र इन्जिनियर कमलेश कुमार मिश्रलाई निमित कार्यालय प्रमुखको जिम्मेवारी दिइएपछि कार्यालय प्रशासन अस्तव्यस्त बनेको हो।

SHIKHAR COOL TECH

मुख्यमन्त्री कार्यालयले काफ्लेको काज फिर्ता कार्यान्वयन नगर्न पत्र जारी गरे पनि उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले मिश्रलाई निमित प्रमुख तोकेको छ। एउटै चलानी नम्बरबाट दुवै पक्षले एक–अर्काको काज फिर्ता गरेपछि प्रदेश सरकार मातहतको प्रशासनिक बेथिती सतहमा आएको छ।

दरबन्दी विपरीत प्राविधिक कर्मचारीलाई प्रशासनिक प्रमुख बनाइएको भन्दै आलोचना भइरहेको छ। यसैबीच, प्रदेशका चारवटै पर्यटन विकास कार्यालयका प्रमुख फेरिँदा सुशासन र कानुनी राज्यको उपहास भएको कर्मचारीहरूको गुनासो छ। कार्यालय प्रमुखको आधिकारिकता नटुंगिँदासम्म भुक्तानी आदेश रोक्का गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार