कैलाली । फागुन २१ गतेको निर्वाचनमा कैलाली ५ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. आनन्द चन्द जेनजीमाझ लोकप्रिय बन्दै गएका छन् । चुनावी प्रचारलाई तिव्र पारेका चन्द जेनजीमाझ पनि लोकप्रिय बन्दै गएका हुन् ।
फागुन २१ गते हुन लागेको निर्वाचन भदौ २३ र २४ गतेको जेनजी आन्दोलको परिणाम हो ।
जेनजी आन्दोलनपछि हुन लागेको निर्वाचनमा होमिएका उम्मेदवारलाई जेनजीकै समर्थन बढ्नुलाई अर्थपूर्ण रुपमा हेरिँदै आएको छ । अझ राजनीतिक दृष्टिकोणले सुदूरपश्चिममा संवेदनशील मानिएको कैलाली ५ मा जेनजीको समर्थन बढ्नु अर्थपूर्ण हुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।
रास्वपाबाट निर्वाचनमा होमिएका डा. चन्द पछिल्ला दिन घरदैलौ अभियानमा व्यस्त छन् ।
सुरुवाती दिनमा चन्दको पक्षमा अपेक्षित समर्थन नदेखिए पनि पछिल्ला दिन भने उनको समर्थनमा नागरिकहरु खुलेरै देखिएका छन् । अझ चन्दको पक्षमा युवा समर्थन पनि बढ्दै गइरहेको देखिएको छ ।
विगतमा नेपाली काँग्रेस, नेकपा एमाले तथा माओवादी लगायतका दललाई समर्थन गरेकाहरु नै चन्दको पक्षमा देखिएपछि कैलाली ५ मा चन्दको माहोल बलियो बन्दै गएको चर्चा राजनीतिक स्तरमै सुरु भएको छ । यसले आगामी फागुन २१ गतेको निर्वाचनमा थप सहज हुने रास्वपा नेताहरुले विश्वास गरेका छन् ।
अर्कोतर्फ चन्दको पक्षमा युवा मात्र होइन, वयस्क र वृद्ध पुस्ता पनि देखिएका छन् । स्थानीय स्तरका नेता तथा कार्यकर्ताहरुले पनि घण्टी क्रेज बढीरहेको र माहोल रास्वपाको पक्षमा बढिरहेको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्