महाराज गुरूङ बने युवा संघ अध्यक्ष

नेकपा एमालेनिकट युवा संघ अध्यक्षमा महाराज गुरूङ चयन भएका छन्।

शुक्रबार बसेको केन्द्रीय युवा परिषद् बैठकले गुरूङलाई अध्यक्ष बनाएको हो।

यसअघि अध्यक्ष रहेका क्षितिज थेवे केन्द्रीय कमिटी सदस्य निर्वाचित भएपछि उनले नेतृत्व हस्तान्तरण गरेका हुन्।

एमालेको परम्पराअनुसार माथिल्लो कमिटीमा निर्वाचित भएपछि तल्लो कमिटीको पद अनिवार्य रिक्त हुन्छ।

गत महाधिवेशनबाट संघको अध्यक्षमा दोहोर्‍याएर जितेका क्षेवे ताप्लेजुङबाट प्रतिनिधि सभाको उम्मेदवार पनि छन्।

गुरूङ यसअघि स‌ंघको उपाध्यक्ष थिए। उनी पनि दोहोर्‍याएर उपाध्यक्ष निर्वाचित भएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार