नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले नयाँ भनिएकाहरूसँग एजेन्डा नै नरहेको दाबी गरेका छन्।
राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थेवेले एजेन्डा नभएकै कारण सञ्चारमाध्यमले सार्वजनिक बहसको आह्वान गर्दा अस्वीकार गरेको उनले बताए।
‘नयाँहरूसँग केही एजेण्डा छैन। एजेण्डा भए आम सञ्चारमाध्यमले बहसका लागि बोलाउँदा पनि किन आएनन् ? एजेण्डा भए पो आउनु,’ उनले भने।
हिजो राणा कालमा ६ प्रतिशतले बिजुली पाएका पाउँदा अहिले ९८ प्रतिशत नागरिकलाई विद्युतको पहुँचमा पुर्याइएको उनले बताए।
‘हामीले परिवर्तन गरेका छौँ । सबै सार्वजनिक विद्यालयमा आइटीको विकास गरेका छौं। भ्रष्टाचारमा शून्य शहनशीलताका साथ हामी अगाडि बढेका छौं। हामीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गरेको हो कि होइन ?,’ उनले भने।
उनले लिपुलेक र लिम्पियाधुराबारे प्रधानमन्त्रीको उम्मेदवारले धारणा राख्ने बताए।
‘हुनेवाला प्रधानमन्त्रीज्यू तपाईको स्टेटमेन्ट हेरौँ । भन्नुहोस् त–लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो?,’ उनले सोधे?





प्रतिक्रिया दिनुहोस्