काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै अहिलेको लोकतान्त्रिक अधिकार १९९७ सालका शहीदहरूले रोपेको बीउ भएको बताएका छन् ।
अध्यक्ष ओलीले आफ्नो सन्देशमा निरङ्कुश र जहानियाँ शासनको अन्त्य गरी लोकतान्त्रिक अधिकार स्थापना गर्ने आन्दोलनमा शहीदहरूले खेलेको भूमिका स्मरण गर्दै, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनले मृत्यु दण्ड दिएको पनि उल्लेख गरे ।
उनले भने, ‘निरङ्कुश जहानियाँ शासनको ठाउँमा लोकतान्त्रिक अधिकार स्थापित गर्ने आन्दोलनको बीउ कम्युनिष्ट र कांग्रेसको संयुक्त आन्दोलनको उपज हो। आज समाजले पाएको लोकतान्त्रिक अधिकार सहिदहरूको बलिदानले रोपेको हो ।’
साथै, अध्यक्ष ओलीले शहीदको बलिदानीलाई कहिल्यै नभुल्ने र राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षाका लागि सदा अडिग रहने प्रतिबद्धता व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्